आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

११ हजार भोल्टको करेन्ट लागेर राधेश्यामको मृत्यु

फाइल फोटो

धनगढी - कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो।

बुधबार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको छ। अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको हो।

काम भईरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विद्युत कटौती गरी काम सुरु गरेका थिए। तर, १५ मिनेटपछि एक्कासि विद्युत सुचारु हुँदा उनी पोलबाट खसेका हुन। घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको विद्युत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताए। सो क्षेत्रमा विद्युत् स्तरवृद्धिको काम जारी छ।

पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विधुत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तरवृद्धिको काम गर्दैछ।