शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

अमेरिकी सिनेटमा मेटाका मालिक मार्क जुकरबर्गले माफी मागे

काठमाडौँ - फेसबुक (मेटा) का सीईओ मार्क जुकरबर्गले अमेरिकी सिनेटमा सामाजिक सञ्जालबाट हानि पुगेका परिवारसँग माफी मागेका छन् । अमेरिकी सिनेटको सुनुवाईमा मेटाका मालिक मार्क जुकरबर्गले परिवारसँग बिहीबार माफी मागेका हुन् । 

अमेरिकी सिनेटमा जुकरवर्ग, टिकटक, स्न्याप, एक्स (ट्विटर) र डिस्कर्डका मालिकहरूलाई सिनेटरहरूले करिब चार घण्टासम्म सोधपुछ गरेका थिए।

सांसदहरूले अनलाइनबाट बालबालिकालाई जोगाउन पाँच वटा एपसका मालिकहरू के गर्दैछन् भनेर जान्न चाहन्थे।

अमेरिकी सिनेटरहरूका लागि प्राविधिक मालिकहरूसँग प्रश्न गर्ने यो दुर्लभ अवसर थियो।

 जुकरबर्ग र टिकटकका सीईओ शाउ जि च्यु स्वेच्छिक रूपमा गवाही दिन सहमत भए । तर स्न्याप, एक्स र डिस्कर्डका प्रमुखहरूले सुरुमा अस्वीकार गरेका थिए । 

पाँच टेक मालिकहरूको पछाडि पीडित परिवारहरू बसेका थिए । जसले सामाजिक सञ्जाल सामग्रीको परिणामस्वरूप आफ्ना बच्चाहरूले आत्मग्लानी र आत्महत्या गरेका थिए।