बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

पाँच सय भन्दा बढीलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ- पाँच सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विकास वाइबा भनिने सुजन तामाङलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले मध्यान्ह १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक  गर्ने जनाएको  छ ।

वैदेशिक रोजगारीका निम्ति विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको उनीमाथि आरोप छ । नक्कली भिसा देखाएर ठगी गरेको उनीविरुद्ध उजुरी दिइएको छ ।