स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ । स्रोत नखुलेको १४ लाख २५ हजार रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सुनसरीको देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढीखोलाको पुलबाट विनोद साह र रोशनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०२–०४० प ५४९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सशस्त्र प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । मोटरसाइकलसहित उनीहरुलाई भन्सार कार्यालय सुनसरीमा पठाएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया