शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

कतारका प्रधानमन्त्रीले भने : गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ

काठमाडौँ- अमेरिका भ्रमणका क्रममा कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल-थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् ।

इजरायल र हमासबीचको सम्भावित सम्झौताको मध्यस्थतामा आफ्नो देशको भूमिकाबारे कुरा गरेको बताएका उनले युद्ध छिट्टै अन्त्य नभए ठूलो क्षेत्रीय द्वन्द्वको जोखिम बढ्ने चेतावनीसमेत दिए ।

‘मलाई लाग्छ कि हामी सबै यो युद्ध रोक्न, ती जीवन बचाउन, ती बालबालिका र ती महिलाहरूलाई मारिने र हवाई हमलाहरू, ट्याङ्कहरूद्वारा, सबै कुराद्वारा लखेट्ने र बम विष्फोटबाट बचाउन एकजुट हुनुपर्छ,’ उनले भने । एजेन्सी