यू-१९ विश्वकप : आज नेपालले भारतसँग खेल्दै

काठमाडौँ- जारी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग नेपाली समय अनुसार दिउँसो १:४५ बजेदेखि खेल्दैछ ।
नेपालले यसअघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार ब्यहोरेको थियो ।
सुपर सिक्सको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समुह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् ।
त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।
सुपर सिक्सको समुह १ बाट नेपालसहित न्युजिल्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।
नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपर सिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंकविहीन भएको हो ।
आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया