नबिल र दराजबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
एक अग्रणी वाणिज्य बैंक र इकमर्स प्लेटफर्मबीचको सहकार्यमा ‘सारथी’ नामक वित्तिय कार्यक्रम सुरू भएको छ । दराजका बिक्रेताहरूले आकर्षक सुविधा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्ने बताइएको । ‘यो कार्यक्रम सबै साना मझौला उद्यम (एसएमई) ग्राहकहरुका लागि बबनाइएको छ, जसमा पुराना तथा नया“ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन्,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नबिल बैंकका डेपुटी सीईओ, सुजित कुमार शाक्य र दराज क्यामु प्रा लिका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
‘यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पु-याउनु रहेको छ,’ नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई उद्धृत गर्दै बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड – १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु-याउँछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।’
त्यस्तै, दराज क्यामु प्रा लि.का प्रबन्ध निर्देशकले लिनो अल्हेरिङ्गले सारथी कार्यक्रमलाई नबिल बैंकसँगको सहकार्यमा प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित बनाएको भन्दै यो नेपालमै पहिलँ क्रेडिट स्कोरिंगमा आधारित नौलो सोलुसन भएको उल्लेख गरेका छन् ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया