राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत

काठमाडौँ- राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुने अपेक्षासहित कार्यतालिका बनाएको छ ।
संसदको आउने अधिवेशनमा सरकारले कति वटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने विषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया