मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपिएफ उपाधिका लागि भिड्दै

महेन्द्रनगर (कञ्चनपुर)- कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन् ।
शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले नै हराएर एपिएफ क्लबले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्प्रर्धा हुनेछ ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख र तृतीय हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्ने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

प्रतिक्रिया