भारतीय ब्याटर यशस्वी जयसवालले हिर्काए दोहोरो शतक
काठमाडौँ- भारतीय युवा ब्याटर यशस्वी जयसवालले टेस्ट क्रिकेटमा पहिलो दोहोरो शतक हिर्काएका छन् ।
पाहुना टोली इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट खेलका क्रममा जयसवालले दोहोरो शतक प्रहार गरेका हुन् ।
छैटौं टेस्ट खेल्दै गरेका जयसवालले २ सय ७७ बलको सामना गर्दै १८ चौका र ७ छक्काको मदतमा २ सय रन (दोहोरो शतक) पूरा गरेका हुन् ।
२२ वर्षीय जयसवालले टेस्ट क्रिकेटको एकै इनिङ्समा यसअघि सर्वाधिक १ सय ७१ रन हिर्काएका थिए ।
उमेरका हिसाबले भारतका लागि टेस्ट क्रिकेटमा दोहोरो शतक पूरा गर्ने खेलाडीमध्ये जयसवाल तेस्रो नम्बरमा पर्छन् ।
यसअघि सुनिल गवास्कर र विनोद काम्बलीले २१ वर्षको उमेरमा दोहोरो शतक प्रहार गरेका थिए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया