भारतीय अभिनेत्री पुनमको ‘मृत्यु’ रहस्यमय, नजिकका साथी भन्छन्, ‘उनी जिउँदै हुनुपर्छ’

मुम्बई - भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आइपुग्दा यो विषय निकै रहस्यमय बन्दै गएको छ ।
उनको इन्स्टाग्राममा उल्लेख भए अनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ । मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो ।
तर, यो समाचार बाहिरिएसँगै पूनमको मृत्युलाई लिएर थप अन्यौंल र रहस्यहरू बाहिर आउन थालेका छन । र, उनको मृत्युको खबर थप जटिल बन्दै गएको भारतीय मिडियाहरूले जनाएका छन ।
हिजो बिहान ११ बजे पुनको मृत्युको खबर आए लगत्तै भारतीय सञ्चारमाध्यमले पुनमका नजिकका साथी नितिन मिरानीसँग कुरा गरेका थिए । उनले भनेका छन कि, ‘मलाई यसबारे कुनै जानकारी छैन । बिहानैदेखि उहाँलाई सम्पर्क गर्ने प्रयास गरेँ तर उहाँसँग कुरा हुन सकेको छैन । उनका ड्राइभरले दुई दिनअघिसम्म म्याडम ठीक रहेको बताएका थिए । र, उनी सुटिङमा व्यस्त थिइन् । दिदीको फोन पनि अफ छ । के भयो बुझ्न सकिन । उनको इन्स्टाग्राम ह्याक भएको देखिन्छ ।’
हिजो दिउँसो १२ आफूलाई पुनमको म्यानेजर भनिने निकिता शर्माले प्रेस नोट जारी गरिन् । यस प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरका कारण पूनम अब यो संसारमा रहिनन् भनी उल्लेख गरिएको छ । यो प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरलाई हल्का रुपमा लिनुहुँदैन भन्ने पनि लेखिएको थियो । यो प्रेस नोटमा फोन नम्बर पनि लेखिएको थियो । त्यो नम्बरमा फोन गर्दा त्यो फोन नक्कली भएको पुष्टि भइसकेको छ । सो फोन उठाउने व्यक्ति पश्चिम बंगालका हुन् र उनको पुनम पाण्डेसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए । उनलाई बिहानैदेखि सयौं फोन गएका थिए, जहाँ उनले पुनमसँग चिनजान नै नभएको जनाइरहेका छन् ।
प्रेस विज्ञप्ति पछि दैनिक भाष्करले पुनमको पीआर टोलीलाई सम्पर्क गरेको थियो तर उनले फोन उठाएनन् । जवाफमा उनले यति मात्रै मेसेज पठाए कि जसमा लेखिएको थियो, ‘हामीले पुनमको मृत्युको खबर बिहानै उनको परिवारबाट पायौं । हामीले उनको परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ तर उनीहरूबाट कुनै प्रतिक्रिया आएको छैन । अहिलेसम्म उनको शव कानपुरमा रहेको भनिएको छ ।’

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया