राैतहटमा खसीकाे मासु ९५० सम्म पाइने, बढीमा बिक्री गरे ५१ हजार जरिवाना

रौतहट- रौतहटको जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउभन्दा बढीमा खसीको मासुको बिक्री गर्ने व्यवसायीलाई कारबाही हुने निर्णय गरिएको छ ।
बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए पनि खसीको मासुको मूल्य निर्धारण गरिएको छ । स्थानीय खसीको मासु व्यवसायी र उद्योग बाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुई थरीको भाउ निर्धारण गरेको छ ।
आन्द्रा भुँडी समेतको प्रतिकिलो खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ । निर्धारित दरभन्दा बढी भाउमा बिक्री वितरण गर्ने व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना गरिने उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष सतीशकुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दी भाउमा खसीको मासु बिक्री गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको हो । गरुडा बजार क्षेत्रमा खसीको मासुको भाउ निर्धारण गरिए पनि सदरमुकाम गौर, कटहरिया लगायतको बजारमा हुन सकेको छैन ।
गतमा खसीको मासु प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री भइसकेको भए पनि पछिल्लो समय देशमा देखिएको आर्थिक तरलताको प्रभावले अहिले भाउ घटेको विजय मिट तथा कटीया हाउस कटहरियाका सञ्चालक विजय साहले बताएका छन् । न्युजकारखाना

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

प्रतिक्रिया