सम्राट अशोकले नखोलेको रामग्राम स्तुपा प्रचण्डका घरबेटीलाई खोल्न दिइयाे : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको अस्तुमाथि पनि भ्रष्टाचार गर्न खोजिएको बताएका छन् ।
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै ओलीले बुद्धको अस्तु समाधि स्थल गरिएको रामग्रामको स्तुपा क्षेत्र उत्खनन गर्न दिने निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो योजना अनुसार गरेको समेत बताए ।
‘सम्राट अशोकले २३ सय वर्षअघि पनि नखोलेको रामग्रामको स्तुपा अहिले प्रधानमन्त्रीले सेटिङमा खोल्ने ठेक्का लगाउनुभयो,’ ओलीले भने, ‘घरबेटीको छोराको नाममा कम्पनी खोलेर एउटा एउटा इँटाको महत्त्व भएको ठाउँलाई अहिले ठेक्कामा दिने काम भइरहेकाे छ,’ उनले भने ।
‘त्यो खोल्ने कार्य देश विकासको लागि होइन, देशको समृद्धिको लागि होइन, आफ्नो विकास र समृद्धिको लागि पहिलेदेखि नै योजना बनाएको थियो, त्यही अनुसार काम गरिदैँछ,’ ओलीले भने ।
ओलीले सो स्तुपा क्षेत्र डोजर लगाएर नभई युनेस्कोको उपस्थितिमा साना ब्रस लगाएर संरचना नभत्किने गरी उत्खनन गर्नुपर्नेमा सरकारले मनलाग्दी गर्न खोजेको समेत बताए ।
बैङ्कको लकरमा राखिएको सम्पत्तिमा बुलेट भेटिने ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउनुको रहस्य अहिले खुलेको ओलीको भनाइ छ । लामालाई लुम्बिनीको विकास गर्न होइन, रामग्रामबाट विकास आफूतर्फ सोझ्याउन उपाध्यक्ष बनाउने काम भएको उनको भनाइ छ ।
ओलीले पुरातत्व विभागलाई पनि लटरपटर गरेर जागिर खाने काम नगर्न चेतावनी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया