सुदूरपश्चिमका मन्त्री सोडारी र एमाले प्रदेश सचिव रावलबीच हात हालाहाल !

धनगढी : एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आफुमाथि हातपात गरेको आरोप लगाएका छन् । पार्टी निर्देशनअनुसार सोमबार नेकपा एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरुलाई पत्र पुर्याउन जादा मन्त्री सोडारीले आफूमाथि हातपात गरेको रावलले बताए । साथै मन्त्री सोडारीले दुर्व्यवहार गरेको पनि रावलको भनाइ छ ।
मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेश सभा सदस्यहरुलाई पार्टीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्न आशयको पत्र बुझाउन गएको थिए ।
‘मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरेपछि उहाँले मेरो कठालो समातेर हातपात गर्नुभयो’ उनले भने । यता मन्त्री सोडारीको सचिवालयले भने रावलले मन्त्रीमाथि उल्टै हातपात गरेको जनाएको छ ।
साझ साढे ७ बजे कञ्चनपुरका रावलले मन्त्रीको कार्यकक्षभित्रै प्रवेश गरी अभद्र व्यवहार गरेको मन्त्रीका स्वकीय सचिव ललित बोहराले जानकारी दिए । मन्त्री सोडारी बजेट सम्बन्धीको छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र नीजी सचिवालयलाई छलेर कार्यकक्षमै पसेर रावलले अभद्र व्यवहार गरेको दाबी गरिएको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया