बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

भोलिदेखि संसदको अधिवेशन चल्ने, बैठक कक्षको सभामुख घिमिरेद्वारा अवलोकन

काठमाडौं - संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् । 

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् । 

सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गरेका छन् ।