अमेरिकाले नष्ट गर्यो यमनका हुथी बिद्रोहीको एन्टी-शिप क्रूज मिसाइल

वासिंगटन डिसी- अमेरिकाले यमनका हुथी बिद्रोहीको एक एन्टी–शिप क्रूज मिसाइल नष्ट गरेको छ ।
अमेरिकन केन्द्रीय कमाण्डले यमनका हुथी बिद्रोहीले आक्रमणका लागि तयारी अवस्थामा राखेको एन्टी–शिप क्रूज मिसाइल नष्ट गरेको जनाएको हो ।
अमेरिकन सेनाका अनुसार फेब्रुअरी ४ मा लगभग बिहान ९ बजे अमेरिकी केन्द्रीय कमान्ड बलहरूले लाल सागरमा जहाजहरूविरुद्ध प्रक्षेपण गर्न तयार हुथी एन्टी–शिप क्रूज मिसाइलविरुद्ध आत्मरक्षाका लागि आक्रमण गरेका हुन् ।
‘अमेरिकी सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा क्रुज मिसाइल पहिचान गर्यो र यसले यस क्षेत्रमा अमेरिकी नौसेना जहाजहरू र व्यापारी जहाजहरूका लागि आसन्न खतरा प्रस्तुत गर्न खोजेको बिषय निर्क्यौल गर्यो,’ अमेरिकन केन्द्रीय कमाण्डले भनेको छ ।
सो हमलापछि अमेरिकी नौसेनाका जहाजहरू र व्यापारी जहाजहरूका लागि अन्तर्राष्ट्रिय समुन्द्रलाई अझ सुरक्षित र सुरक्षित बनाउने उसले जनाएको छ । इरान समर्थित हुथी बिद्रोहीले इजरायलले प्यालेस्टाइन माथी हमला गरेको बिरोधमा लालसागर हुँदै जाने व्यापारिक जहाजहरूलाई निशाना बनाएपछि अमेरिकाले जवाफि हमला सुरू गरेको हो ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया