सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कांग्रेसले पनि विश्वासको मत दिने
एमाले माधव पक्ष र माओवादीकै समर्थनले मुख्यमन्त्री सुरक्षित
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेपाली कांग्रेसले पनि समर्थन गर्ने भएको छ । कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई समर्थन गर्ने र आवश्यक परे विश्वासको मत दिने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलका सचेतक टेकबहादुर रैकाले जानकारी दिए ।
एमाले माधव पक्षका १७ जना सांसदले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री भट्टको पद सुरक्षित छ । माओवादीका १३ जना सांसद छन् । सरकारलाई बहुमतका लागि २७ जना सांसदको समर्थन चाहिन्छ । तर माओवादी र एमाले माधव पक्षका सांसद जोड्दा ३० पुग्छ ।
सोही कारण मुख्यमन्त्री भट्टको पद सुरक्षित देखिएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया