बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने प्रदेशसभाको बैठक केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने छन् । मुख्यमन्त्रीलाई माओवादी, एमाले माधव नेपाल पक्ष र कांग्रेसले समेत विश्वासको मत दिने निर्णय गरेका छन् ।