जर्मनीले नेपाललाई दियो स्वास्थ्य सामग्री

काठमाडौँ : जर्मनीले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेकाे छ । ६२ थान भेन्टिलेटर,२७ हजार ५ सय एफपीपीईटु मास्क, ३० हजार सर्जिकल मास्क, १०० थान बुट, २ सय थान बडी ब्याग, ५ थान आइसोलेसन्स टेन्ट र २५ हजार लिटर डिसइफेन्सन लिक्वीड लगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
मंगलबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड स्काफेरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
महामारीको समयमा जर्मन सरकारले स्वास्थ्य सामग्री गरेको मन्त्री तामाङले आभार प्रकट गरेका छन् । गम्भीर अवस्थामा रहेका संक्रमितको उपचारमा यी स्वास्थ्य सामग्रीले सहयोग गर्ने उनले बताए । यो सँगै नेपाललाई २५ भन्दा धेरै मित्र राष्ट्र तथा दात्तृ अन्तरराष्ट्रिय संस्थाले सहयोग गरिसकेका छन् ।

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

प्रतिक्रिया