एनसेलको आकर्षक इण्डिया रोमिङ् प्याकमा के-के छन् विशेषता ?

काठमाडौँ- एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरूका लागि आकर्षक रोमिङ् प्याक सञ्चालनमा ल्याएको छ । यो प्याक सुचारू गरेर ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्ने एनसेलले जनाएको छ ।
ग्राहकले करसहित रु १०० मा यो रोमिङ् प्याक सुचारू गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ । यसको अर्थ प्रतिदिन मात्र रु ३३ मा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउँछन् ।
यो प्याक शुक्रबार (माघ १९)बाट सञ्चालनमा आएको हो । यो प्याकले सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरूलाई पनि विशेष महत्व राख्ने जनाएको छ ।
ग्राहकहरूले एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरूमार्फत पनि सुचारु गर्न सकिन्छ ।
यो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउँछन् साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले करसहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र करसहित रु ६.३४ मा एसएमएस पठाउन सक्छन् ।
एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् ।
यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्दछ । सबै भारतीय सेवा प्रदायकहरूसँग आफुले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकहरूलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पुर्याउने विश्वास लिएको एनसेलले जनाएको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया