समितिले नागढुंगा सुरुङमार्ग निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने

काठमाडौँ- राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
मंगलबार सुरुङमार्गको स्थलगत अनुगमन गर्दै समितिले सबै समस्या समाधान गर्दै द्रुत गतिमा आयोजना सम्पन्न गर्नुपर्ने भएकाले छिटो भन्दा छिटो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको हो । समितिका सभापति प्रकाश पन्थले आयोजना निर्माणको काम सन्तोष जनक नै देखिएको बताए । उनले धादिङ र काठमाडौँका क्षेत्रमा मुआब्जा लगायतका केही समस्या रहेको भन्दै यसलाई समाधान गर्न सरकारलाई आवश्यक निर्देशन दिने जिकिर गरे ।
अहिलेको अवस्थामा काम भए केही दिनभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने जानकारी पाएको उनको भनाइ छ । सभापति पन्थले आयोजना समयमा नै सम्पन्न गर्न सबैले जोडबल गर्नुपर्ने भन्दै एक वर्षभित्रमै सुरुङमार्ग पूर्ण रूपमा सम्पन्न हुन सक्ने देखिएको धारणा राखे ।
निर्माणाधीन काठमाडौँ र धादिङ जोड्ने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाको समग्र भौतिक प्रगति करिब ६८ प्रतिशत रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । काठमाडौँ र धादिङतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटरमध्ये २ हजार ६३६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाको भनाइ छ ।
हालसम्म मुख्य, सहायक सुरुङ, वोर्किङ अडिट सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । सम्झौताअनुसार जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नु पर्ने भए पनि निर्धारित समयमा आयोजना पूरा नहुने भएपछि सरकारले आगामी २५ अप्रिल २०२४ सम्मका लागि समय थप गरेको छ ।
२०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्ग शिलान्यास गरेका थिए । सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा सुरुङमार्ग निर्माण हुन लागेको हो ।

धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण

मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’

कालीगण्डकी करिडोरः हर्मिचौर-बलेवा खण्डमा कालोपत्र

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

प्रतिक्रिया