विदेशी शक्तिको इसारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको हो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इसारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप बताएका छन् ।
मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासँग संवैधानिक राजसंस्था राख्ने सहमति भए पनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इसारामा नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइएको आरोप लगाएका हुन् ।
मुलुकलाई सनातन हिन्दु राष्ट्र बनाउन र संवैधानिक राजसंस्था कायम गर्न आफूहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । थापाले राजनीतिक दलहरूको अकर्मण्यताका कारण मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएकाले जनताले अवस्था र व्यवस्था परिवर्तन चाहेको धारणा राखे ।
अध्यक्ष थापाले सत्ताको खेलको नियम परिवर्तन नभए सम्म भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट जनताले मुक्ति नपाउने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया