देशभित्रै उद्यमशीलताको विकास गरी विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्रै उद्यमशीलताको विकास गरी विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्ने बताएका छन् ।
झापाको शिवसताक्षी नगरपालिका वडा न-४ स्थित बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत् परियोजनाको समुद्घाटन गर्दै ओलीले युवाहरूलाई स्वदेशमा परिचालन गर्ने गरी उद्यमशीलताको विकास गर्नुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले देश विकास गर्न कृषिमा विज्ञान र प्रविधिको प्रयोग जरुरी रहेको भन्दै ऊर्जाको प्रयोग गरेर कृषिमा आधुनिकीकरण गर्न सकिने बताए ।
निजी क्षेत्रको सबैभन्दा ठूलो मध्ये एक यस सौर्य ऊर्जा परियोजना बाट उत्पादित १० मेगावाट विद्युत् माघ ९ गतेदेखि नै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सौर्य ऊर्जा परियोजनाका लागि झापा इनर्जी लि. ले २१ बिगाह १३ कट्ठा जमिन खरिद गरि ८५ करोडको लागतमा उच्च प्रविधियुक्त सोलार प्यानल जडान तथा आवश्यक भौतिक संरचना निर्माण गरेको हो ।
सौर्य आयोजना निर्माणका लागि संस्थापक पुँजी २५.१० करोड र बैंक कर्जा रु ५९.९० करोड वित्तीय स्रोत व्यवस्थापन गरिएको छ । उक्त सोलार प्यानलबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने र जसबाट १२ करोड ८५ लाख वार्षिक आम्दानी हुने झापा इनर्जी लिमिटेडले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया