सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सरोकार समितिको निर्देशन

काठमाडौँ- राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकार र अन्तरमन्त्रालय समन्वय बढाउन सरकारलाई निर्देशन दिएको छ ।
सङ्घीयताको कार्यान्वयनका लागि सातै प्रदेशका सम्बन्धित निकाय र विज्ञसँगको छलफलका आधारमा तयार गरिएको अध्ययन प्रतिवेदनलाई समितिको आजको बैठकमा समीक्षापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिइएको हो । समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले सङ्घ, प्रदेश, स्थानीय तहबीचको अधिकार र कार्य क्षेत्रका विषयमा बन्नुपर्ने कानुन र संरचना निर्माण हुन बाँकी भए आपसी समन्वयका आधारमा चाँडो बन्नुपर्ने भनी सरकारलाई सुझाव र निर्देशन दिइएको जानकारी दिइन् ।
सभापति रावलले संविधानमा व्यवस्था भएका राष्ट्रिय समन्वय परिषद्, प्रदेश समन्वय परिषद्, प्रदेश र स्थानीय तहसँग जोडिएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विषयगत समिति, सरकारका अन्तरमन्त्रालयका समन्वय प्रभावकारी नभएको अध्ययनमा पाइएको बताइन् । उनले बुधबार बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकमा साझा अधिकारको सूचीमा रहेका विषय निजामती कर्मचारी व्यवस्थापन, प्रदेशमा प्रहरीको समायोजनका विषयमा ठोस निर्णय हुनुपर्ने सुझाव पनि दिएको जानकारी दिइन् ।
समितिले मुलुकको आवश्यकतालाई पहिचान गरी योजनाको प्राथमिकीकरण, अनावश्यक प्रभाव र पहुँच रोक्न, स्पष्ट मापदण्डका आधारमा मात्रै योजना र बजेट तर्जुमा र अनुगमन गर्न, वित्तीय सङ्घीयता कार्यान्वयनको प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देश गरेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया