दीपिका र कट्रिनालाई पछि पार्दै रिया बनिन ‘२०२० को मोस्ट डिजाइरेबल वुमन’

मुम्बई : कहिले जेल त कहिले प्रहरी चौकी । वर्षभरि नै मिडिया ट्रायल । बलिउड अभिनेत्री रिया चक्रवर्तीका लागि २०२० सबैभन्दा खराब वर्ष थियो । तर, २०२१ को मध्य लाग्दै गर्दा उनले पहिलो खुशीको खबर पाएकी छिन् ।
त्यो हो टाइम्स अफ इन्डिया ग्रुपले मनोरञ्जन क्षेत्रका महिलालाई लिएर गरेको सर्वेक्षणमा रिया चक्रवर्तीले पहिलो स्थान हासिल गरेकी छिन् । पहिलो स्थान कब्जा गर्ने क्रममा उनले बलिउडका पावर हाउस दीपिका पादुकोन, कट्रिना कैफ आदिलाई पछि पारेकी हुन् । दि टाइम्सले सार्वजनिक गरेको २०२० का ५० महिलामा दीपिका र कट्रिना क्रमशः तेस्रो र चौथो स्थानमा छन ।
रमाइलो संयोग के हो भने तीन दिन अघि दि टाइम्सले पुरुषतर्फको यस्तै लिस्ट सार्वजनिक गर्दा पहिलो स्थान रियाका दिवंगत प्रेमी सुशान्त सिंह राजपुतले ओगटेका थिए । दि टाइम्सले अनलाइन पोल र आन्तरिक जुरीको निर्णायकका आधारमा ५० को नाम निकालिएको जनाएको छ ।
यता रियाले पहिलो स्थान कब्जा जमाए पछि मेमरहरू भने सामाजिक सञ्जालमा सक्रिय भएका छन् । उनीहरूले रिया २०२० डिजाइरेबल महिला घोषित हुनु जोकभन्दा कम नभएको बताएका छन् । त्योसँगै धेरैले डिजाइरेबल चाहिँ होइन अनडिजाइरेबलको चार्ट चैं उनले टप्ने बताएका छन् । यस्तो टिप्पणी गर्नेमा सुशान्त सिंह राजपुतको फ्यान रहेका छन् ।
यस्तै चर्चाका बीच रिया यतिबेला चार्जसिटमा दिएको बयानका कारण पनि चर्चामा छिन् । उनले सुशान्तलाई सारा अलि खान र आफ्नै दिदीले ड्रग्सको आदत लगाएको दाबी गरेकी छिन् ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया