अष्ट्रेलिया जाँदै परराष्ट्र मन्त्री साउँद

काठमाडौं - परराष्ट्रमन्त्री नारायणप्रकाश साउँद आज अस्ट्रेलिया जाँदैछन् ।
अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउँद अष्ट्रेलिया जान लागेका हुन् ।
सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुँदैछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउँदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो क्रममाअस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री साउँद फागुन ३ गते स्वदेश फर्कनेछन् ।

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रतिक्रिया