बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

मकवानपुरबाट ६४ किलो गाँजासहित एक जना पक्राउ

फाइल तस्बिर

मकवानपुर - प्रहरीले मकवानपुरबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगतबहादुर प्रजा रहेका छन्। उनलाई अवैध लागुऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मल राख्ने खाल्डोमा लुकाइ छिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।