जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको भरोसा गुम्दै गएको भन्दै जनताको भरोसा कायम गर्न सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने सरकारले बताएका हुन् ।
आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्ने गरि संसद र सरकारले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए । उनले सरकार नयाँ ढंगले काम गर्छु भनिराख्दा संसदीय समितिलाई समेत फरक ढंगले चलानुपर्ने धारणा राखे ।
थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । सहकारीमा ठगीको धन्दाको मतियारलाई समेत कारबाही गर्दै जनतामा सुशासनको अनुभूति दिलाउनुपर्ने उनले बताए ।
त्यस्तै थापाले रुसमा अलपत्र परेका युवाहरूलाई फर्काउन सरकारले गरेका प्रयास अप्रयाप्त भएको बताए । रुसमा अलपत्र परेका नेपालहरूको उद्धारमा राज्यले सम्पूर्ण ताकत लगाउनुपर्ने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया