सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रंग नदिऔँ : जनार्दन शर्मा
काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्माले सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रंग दिन नहुने भन्दै अभियानलाई सफल पार्न सबै मिल्नुपर्ने बताएका हुन् । उनले सामाजिक सुरक्षाको बिषयमा सरकारले धेरै राम्रा कामहरू अघि बढाइएको धारणा राखे ।
सहकारीको रकम हिनामिना गर्नेहरूलाई कारबाही गर्ने प्रक्रिया चलिरहेको भन्दै यससम्बन्धी अन्य गुनासोलाई सम्बोधन गर्नुपर्ने उनले बताए । शर्माले जनताप्रति इमान्दार भएर काम गरे संविधानको सफल कार्यान्वयन गर्न सकिने र जनतामा रहेको निराशालाई आशामा बदल्न सकिने बताए । संघीयता कार्यान्वयन गर्न संविधान अनुसार आवश्यक कानून निर्माण गर्नुपर्ने उनले बताए ।
शर्माले जाजरकोटको भूकम्पपछि पुन:निर्माणको काम अघि बढाउनका लागि सरकारले संकटक्षेत्र घोषणा गरेर बजेट लगाएको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया