नागरिकता किर्ते, सरकारी जग्गा कब्जा, भ्रष्टाचार गर्नेहरूलाई राजनीतिक संरक्षण मिल्यो : लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको सम्पत्ति दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले नागरिकता किर्ते, सरकारी जग्गा कब्जा, भ्रष्टाचार गर्नेहरूलाई राजनीतिक संरक्षण मिलेको र कारबाही हुन नसकेको बताएका हुन् ।
उनले आफ्नो पार्टीले अनियमितता गर्नेलाई ७२ घण्टाभित्र कारबाही गरेको भन्दै आफ्नो दलमा रहेका दोहनकारीलाई कारबाही गर्न कसले रोक्यो भन्दै प्रश्न गरे । लामिछानेले अधिकार निकाय प्राप्त संस्थाले बयानका लागि नबोलाउने नेताका दलहरूले सदनबाट सुशासन र छेडखानीको कुरा गर्न नसुहाउने धारणा राखे ।
सदनलाई उत्तरदायिका साथ प्रभावकारी बनाउन रास्वपाले प्रभावकारी भूमिका निर्वाह गर्न भन्दै उनले संसदले क्यालेन्डर बनाएको प्रति आभार व्यक्त गरेका छन् ।
उनले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्यका साथै समस्या समाधानको प्रतिवेदन रास्वापाले तयार रहेको र आवश्यक परे सरकारले रास्वपाको सहयोग लिन सक्ने उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया