‘फास्ट एन्ड फ्युरियस ९’ पनि कान्सको लाइनअपमा

लसएन्जल्स : ‘फास्ट एन्ड फ्युरियस ९’ ले पनि फ्रान्सको सबैभन्दा ठूलो फेस्टिभल कान्समा अनुहार देखाउने भएको छ । कान्स फेस्टिभल निर्देशक थियरी फ्रिमाउक्सले आर्ट हाउस फिल्मको बीचमा एक्सन फ्रेन्चाइजको पनि मजा लिन सकिने जानकारी गराएका हुन् ।
एक हप्ताअघि कान्सको लाइनअप सार्वजनिक हुँदा थियरीले केही ब्लकबस्टर फिल्म पनि कान्समा देखाइने बताएका थिए । यस्तो फिल्म कुन होला ? धेरैले ठम्याउन सकेका थिएनन् । अन्ततः उनले ब्लकबस्टर भनेर संकेत गरेको फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ रहेको स्पष्ट भएको छ ।
फिल्म कान्समा प्रिमियर भए पनि को को कलाकार यसको रेड कार्पेटमा देखा पर्नेछन्, कतैबाट जानकारी आएको छैन । चीनबाट प्रदर्शन यात्रा थालेको यो फिल्म अहिले चीनमा तेस्रो हप्तामा चलिरहेको छ र यसले २ सय ४ मिलियन डलर कमाइ गरेको बताइएको छ । आउँदो हप्ताबाट फिल्म फ्रान्समा प्रदर्शन हुँदैछ ।
मेरिकामा भने यो फिल्म जुन २५ बाट प्रदर्शन हुँदैछ । जस्टिन लिनको निर्देशन रहेको फिल्म भान डिजेल, मिचेल रोड्रिगेज, जोन सिना, कुर्ट रसेल आदि कलाकारको अभिनय रहेको छ । चार्लिज थेरोन फिल्ममा भिलेनको भूमिकामा छिन् ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया