ललितपुरबाट ब्राउन सुगर र गोलीसहित चारजना पक्राउ

काठमाडौँ- ललितपुरबाट पेस्तोलको गोली र ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो १ बजे महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेका छन् ।
सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई भक्तपुर बस्ने मनोज थापा र भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू लायोक बस्ने घरबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट १४.६८ ग्राम ब्राउन सुगर र दुई राउण्ड नाइन एमएमको गोली बरामद भएको प्रहरीको भनाइ छ ।
लागूऔषधको कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग लुभुका इन्चार्ज सई सन्तोष बुढाथोकी कमाण्डमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया