केन्याका धार्मिक नेतामाथि १९१ बालबालिकाको हत्या गरेको अभियोग

नैरोबी- मालिन्दी उच्च अदालतले केन्याली इसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ ।
गत वर्ष पूर्वी केन्याको शाकाहोला जङ्गलबाट शव निकालिएको थियो । त्यहाँ म्याकेन्जी र उनका सहयोगीहरूमाथि मृत्यु संस्कार सञ्चालन गरेको आरोप लगाइएको थियो । महिनौँसम्म खोजी गरेपछि अधिकारीहरूले ती शव विशाल जङ्गलबाट बाहिर निकालेका थिए ।
यद्यपि सिएनएनका अनुसार म्याकेन्जी र अन्य २९ जनाले दोषी नभएको स्वीकार गरेका छन् । संदिग्धमध्ये एक जनालाई मुद्दा चलाउनका लागि मानसिक रूपमा अयोग्य पाइएको छ । यसका साथै म्याकेन्जीमाथि आतङ्कवाद, हत्या र बाल क्रुरतासहित अन्य थुप्रै आरोप लगाइएको छ ।
कथित रूपमा उनको ट्रायल माच ७ देखि सुरु हुने सिएनएनले बताएको छ । गुड न्युज इन्टरनेसनल चर्च सञ्चालन गर्ने म्याकेन्जीमाथि डुम्सडे (प्रलयको दिन) पन्थको नेतृत्व गरेको आरोप छ । डुम्सडेमा उनले मृतकहरू स्वर्गमा पुग्न सकुन् भनेर आफ्ना अनुयायीहरूलाई आफू र आफ्ना छोराछोरीलाई भोकै मर्न निर्देशन दिएका थिए ।
त्यसपछि म्याकेन्जीको निर्देशनअनुसार पन्थले संसारको अन्त्यको तयारी गरिरहेको अनुसन्धानकर्ताहरूले आरोप लगाएका छन् । अनुसन्धनकर्ताहरूले प्रमाणका लागि जङ्गलमा महिनौँसम्म खोजबिन गरेकाले म्याकेन्जी गत अप्रिलदेखि हिरासतमा छन् ।
पछि शव परीक्षणको नतिजाबाट बरामद गरिएका शवहरूमध्ये धेरैको भोकमरीले मृत्यु भएको पत्ता लागेको थियो । अन्य शवमा आघात र घाँटी थिचेको लक्षण देखिएको सिएनएनले बताएको छ ।
गत महिना एक अदालतले म्याकेन्जीविरुद्ध अभियोजकहरूले आरोप नल्याए उनलाई रिहा गर्ने धम्की दिएको थियो । धेरैजसो शवहरू गम्भीर रूपमा कुहिएका कारण डिएनएमार्फत पीडितहरू पहिचान गर्न लामो प्रक्रियाको सामना गर्नुपरेको अभियोजकहरूले जवाफ दिएका थिए । रासस/एएनआई

सुडानी बिद्रोहीको आक्रमणमा युएईको सैन्य विमान ध्वस्त

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नेलाई अमेरिकाले ५० लाख डलर दिने घ…

सिरियामा दैनिक ३७ जना सर्वसाधारणको हत्या

ट्रम्पको ५० प्रतिशत कर लगाउने आदेश ‘गम्भीर झटका’ : भारतीय निर्यातकर्ता

कपिल शर्माको क्यानडाको कफी शपमा फेरि गोली प्रहार

अमेरिकी कर युद्ध बढ्दै जाँदा भारतीय प्रधानमन्त्री कृषिमा सम्झौता गर्न अनिच्छुक
विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन चीनमा

प्रतिक्रिया