पाकिस्तान निर्वाचन : इमरान खानले जेलबाटै हाले भोट

इस्लामवाद- जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् ।
पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पूर्वप्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन् ।
पूर्वप्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्रमार्फत मतदान गरेका सो मिडियाले जनाएको छ ।
हुलाकमार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी, पञ्जाबका पूर्व मुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहेका छन् ।
तर, हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्थामा खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परेपछि मतदानमा सहभागी हुन कानुनतः पाइनन् ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया