निर्माणाधीन संघीय संसद् भवन समयमा सम्पन्न नहुने

काठमाडौँ- सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन समयमा सम्पन्न नहुने देखिएको छ । निर्माणाधीन भवनको आन्तरिक सजावटका कामका साथै अन्य कामहरूको निर्माण नसकिएकाले आयोजनाले तोकेको चैत्र १२ गतेभित्र सम्पन्न नहुने देखिएको हो ।
बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले संयुक्त रूपमा गरेको अनुगमनका क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संरचनाको काम सम्पन्न भए पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको भवनमा छाना हाल्ने काम भइरहेको जानकारी दिए ।
त्यस्तै भवनको भित्री भागको सजावटलगायतका काम तत्काल सुरु गर्ने तयारीमा रहेको उनले बताए । उनले असार मसान्तसम्म भवनको भित्री भागको काम सम्पन्न गर्न समय दिएकाले आयोजनाले भनेजस्तो चैत्र १२ गतेभित्र निर्माण सम्पन्न हुने नदेखिएको उल्लेख गरे । निर्माणाधीन संघीय संसद् भवनको हालसम्म भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत भएको उनले बताए ।
अनुगमनपछि समिति सभापति प्रकाश पन्थले चैत्र १२ सम्म सम्पन्न गर्ने आयोजनाको डेडलाइनअनुसार सम्पन्न हुने नदेखिएको बताए । उनले संसद् भवन निर्माणको काममा विभिन्न कारणले ढिलाई देखिएकाले समस्यमा समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताए । उनले बजेट अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी काम गर्न पनि निर्देशन दिने जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।

संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

प्रतिक्रिया