बलात्कार आराेपमा तीनजना पक्राउ

काठमाडाैँ- भाेजपुर, झापा र भक्तपुरबाट बलात्कार आराेपमा तीन जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरकाे षडानन्द नगरपालिका-१ मिलन चोक बस्ने ३५ वर्षीय राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले ती महिलालाई पुस ७ गते दिउँसो सोही नगरपालिका-१ स्थित सार्वजनिक चप्लेटी ढुङ्गामा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे कन्काई नगरपालिका-२ सुकुम्बासी टोल बस्ने ५५ वर्षीय लोकबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरकाे चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २४ वर्षीय सुबेन्द्र लिगललाई प्रहरीले पक्राउ गरेको छ । लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया