माधव नेपाललाई जनताले विश्वास गर्न छाडिसके : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को पल्ट माधव नेपालले चुनाव नजित्ने बताएका छन् ।
बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई अब जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्को पटक चुनाव नजित्ने बताएका हुन् । माधव नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरूको मतियार भएर अरूको सरकार बनाउँदै पछि पछि हिँडेको समेत बताए ।
अध्यक्ष ओलीले माधव नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमबश माधव नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरे । माधव नेपालले आफूसँग बोलचाल छैन भन्दै हिँडेको उल्लेख गर्दै ओलीले त्यसले आफूलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासँग बोल्न बन्द गर्न सुझाव दिए । त्यस्तै उनले वर्तमान सरकारले देश र जनताका लागि कुनै नयाँ कार्यक्रम गर्न नसकेको र एमालेले सुरु गरेका निर्माणका कार्यहरुलाई समेत अवरुद्ध गरेको जिकिर गरे ।
ओलीले जनताको आशा अपेक्षाअनुसार जिम्मेवारीपूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा विभिन्न दल आबद्ध कार्यकताहरू एमाले प्रवेश गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया