नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२.७७ करोड

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ । जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमाशुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले समीक्षा अवधिमा रु ३ अर्ब १६ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीका अनुसार नवीकरण बीमाशुल्क १६ अर्ब ८३ करोड रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थियो ।
कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ६८२.०५ करोड खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले छिटो र छरितो तरिकाले बीमितहरूको दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको जनाएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १८,६१०.२१ करोड भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा करिब १५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिब १८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ । त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ ।

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियानको घोषणा

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

प्रतिक्रिया