महाधिवेशनका लागि आगामी वैशाख २२ भित्र प्रतिनिधि चयन गर्ने नेकपा एसको निर्णय

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले आगामी महाधिवेशनका लागि आगामी वैशाख २२ गतेभित्र प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । त्यसका लागि आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अद्यावधि, विस्तार गरिसक्ने निर्णय भएको समाजवादीले जनाएको छ । बैठकले आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवेशनमा कामका आधारमा (सदस्यता, नवीकरण, संगठन विस्तार आदी) १० जिल्लालाई सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै माघ २५ देखि चैत २५ सम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने समाजवादीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया