अल नासरको पोस्टमा अल हिलालको दुई गोल

काठमाडौँ- क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराति भएको खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक र सलेम अलडावसरीले एक-एक गोल गरेका थिए ।
यस खेलमा पछिल्लो समय इन्जुरीका कारण मैदान बाहिर रहेका अल नासरका क्रिस्टियानो रोनाल्डो मैदानमा फर्किएका थिए । पुरै ९० मिनेट खेलेका रोनाल्डोले खेलमा भने खासै प्रभाव पार्न सकेनन् ।
साउदी लिगमा प्रमुख प्रतिद्वन्दी क्लब मानिने अल हिलाल र अल नासर लिगमा प्रहिलो र दोस्रो स्थानमा रहेका छन् । १९ खेलमा अपराजित रहँदै अल हिलाल ५३ अंकसहित शीर्ष स्थानमा छ भने १९ खेलमा ४६ अंकसहित अल नासर दोस्रो स्थानमा रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया