बिहीबार ११ बैशाख, २०८२
Thursday, April 24, 2025

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

पर्थ (अस्ट्रेलिया)- नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।

अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री साउद र अअष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।

हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरूले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए। सम्झौतामा हस्ताक्षर गरेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए।

'अष्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन्। हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ। हाम्रो देशमा नेपाली मूलका अष्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ,' सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले ट्विटरमा लेखेका छन्।

वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए। उक्त कुरा पनि उनले स्मरण गरेका छन्। उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका अगुवाहरूसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्‍याउने अवसरका र उपायबारे कुराकानी गरेको उनको उनले सम्झिएका छन्।

त्यस बेला परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराइ पुर्‍याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरेका थिए।

'त्यो छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीहरूले औपचारिक सम्झौताका लागि पटक-पटक छलफल गरेका थिए,' उनको भनाइ छ, 'पर्थमा (यसपालि) हामीले त्यसलाई वास्तविकतामा परिणत गरेका छौँ। यो सम्झौताले हामीबीचको बलियो सम्बन्धलाई देखाएको छ।'

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस