सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको आराेपमा नवलपरासीबाट एक जना पक्राउ

नवलपरासी पूर्व - विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहीद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिवेणी गाउँपालिका-१ दुम्किबास बजारबाट पक्राउ गरेको हो ।
साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका वस्तुहरू समेत बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया