लुम्बिनी प्रदेश सभामा विपक्षी सांसदहरू अनुपस्थित, असंवैधानिक काम गरेको भन्दै प्रदेश प्रमुखको विरोध

बुटवल : लुम्बिनी प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ यावदले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । तर, सदनमा विपक्षी दलका एक/एक जना प्रतिनिध मात्रै उपस्थित छन् । प्रदेश प्रमुख यादवले प्रदेश सभामा सरकारको नीति कार्यक्रम प्रस्तुत गरिरहँदा विपक्षी सांसदहरू अनुपस्थित भएर विरोध जनाएका हुन् ।
वैशाख १९ गते प्रदेश प्रमुखले अल्पमतमा रहेका शंकर पोख्रेललाई पुन: मुख्यमन्त्री बनाएर असंवैधानिक काम गरेको भन्दै विरोधस्वरूप उनीहरू संसद्मा अनुपस्थित भएका हुन् । प्रदेश सभामा उपस्थित भएर पनि विपक्षी सांसदहरू सभा हलमा प्रवेश गरेका छैनन् । उनीहरूले १/१ जना प्रतिनिधि मात्र सहभागी गराएका छन् । प्रदेश प्रमुखले असंवैधानिक कदम चालेकाले रित्ता कुर्सी देखाएर विरोध गरिएको कांग्रेस सचेतक निर्मला क्षेत्रीले बताइन् ।

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

प्रतिक्रिया