कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ छैन : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका छन् ।
नेपाल ड्मोक्र्याटिक लयर्स एशोसिएशनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा थापाले अधिकांश स्थानीय सरकारलगायत प्रदेश र केन्द्रको सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्ने भन्दै कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका हुन् ।
आगामी निर्वाचनका लागि अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने र अर्को पटक जित्नका लागि आधार तयार गर्नुपर्ने उनले बताए । थापाले आगामी निर्वाचनमा कांग्रेसले घोषणापत्र भनाई पाँच बर्षमा गरेका कामको नतिजा लिएर जानुपर्ने धारणा राखे । उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि आवश्यक कानून नबनाएर कार्यविधि मात्रै बनाएकाले काम गर्न अप्ठेरो देखिएको बताए ।
थापाले फागुनमा प्रिबजेट छलफल हुने भन्दै यसपटक नयाँ ढंगले बजेट तयार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया