संघीयता विरोधीको चलखेल बन्द गर्न सबैखाले ऐन कानुन छिटो बनाउनुपर्छ : शिक्षामन्त्री राई

काठामडौँ- शिक्षामन्त्री अशोककुमार राईले संघीयता विरोधीको चलखेल बन्द गर्न सबैखाले ऐन कानुन छिटो बनाउनुपर्ने बताएका छन् ।
शनिबार उदयपुरको त्रियुगा नगरपालिका वडा ४ बगाहास्थित प्रस्तावित मेडिकल कलेजको जग्गा अवलोकन गर्ने क्रममा मन्त्री राईले संघीय संरचनाले राम्रोसँग काम गर्न नपाउँदा विरोधका स्वरहरू सुनिन थालेको भन्दै विरोधीको चलखेल बन्द गर्न सबैखाले ऐन कानुन छिटो बनाउनुपर्ने बताएका हुन् । मन्त्री राईले नेपालको संघीय मोडल पृथक किसिमको भएको भन्दै यसलाई सफल बनाउनुपर्ने धारणा राखे ।
उनले सातै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने गरी प्रक्रिया अघि बढाउनका लागि उदयपुरको प्रस्तावित मेडिकल कलेजले निर्माणको प्रकृया सुरु गर्न गर्नुपर्ने धारणा राखे । अन्य ठाउँका मेडिकल कलेज स्थापनाका लागि लगभग सबै प्रकृया पूरा भएको भए पनि उदयपुरको जग्गा प्राप्तिको काम सम्पन्न नभएकोले प्रकृया अघि बढाउन ढिला भएको उनको भनाइ छ ।
उदयपुर मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिकाले ६२ रोपनी ऐलानी प्रति जग्गा संरक्षण गरेर राखेको नगर प्रमुख बसन्त बस्नेतले बताए ।

सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले प्रयास गरेः प्रधानमन्त्री ओली

नेताहरूको योगदानको प्रचार-प्रसार गरौः सभापति देउवा

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

प्रतिक्रिया