एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी

रौतहट- नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो ।
उपाध्यक्ष पदका लागि रुपेशकुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रबि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिए ।
अझै केहीबेर सहमतिको प्रयास गर्ने र सहमति हुन नसकेमा भोलि बिहानबाट निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने कार्कीले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया