आयोजक कतारले जित्यो एसियन कपको उपाधि

काठमाडौँ- आयोजक कतारले एएफसी एसियन कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार राति लुसेल स्टेडियममा सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोलअन्तरले पराजित गर्दै कतारले उपाधि हात पारेको हो ।
कतारको जितमा अकरम अफिफले ह्याट्रिक पूरा गरे । अफिफले तीनवटै गोल पेनाल्टीमार्फत गरेका थिए । उनले २२ औँ, ७३ औँ तथा दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
जोर्डनका लागि याजन अल-नैमतले एक गोल फर्काए ।
कतारले लगातार दोस्रोपटक एसियन कपको उपाधि जितेको हो । यसअघि सन् २०१९ मा यूएईलाई हराउँदै कतारले उपाधि हात पारेको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया