प्रिमियर लिगः लिभरपुल र म्यानचेस्टर सिटीको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुल र म्यानचेस्टर सिटीले जित हात पारेका छन् ।
शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले बर्नलीलाई ३-१ ले पराजित गर्यो । लिभरपुलको जितमा डियागो जोटा, लुइस डियाज र डार्विन नुनेजले एक-एक गोल गरे । बर्नलीका लागि डारा ओ'सियाले एक गोल फर्काए ।
यता साविक विजेता तथा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले एभर्टनलाई २-० गोलअन्तरले पाखा लगायो । सिटीको जितमा दुवै गोल अर्लिङ हालान्डले गरे ।
जितसँगै शीर्ष स्थानको लिभरपुलले २४ खेलबाट ५४ अंक जोडेको छ भने सिटीले २३ खेलबाट ५२ अंक हात पारेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया