पाकिस्तान निर्वाचनः स्वतन्त्र उम्मेदवार १०१, पीएमएल–एन ७५ र पीपीपी ५४ सिटमा विजयी

इस्लामावाद - पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ ।
पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन् ।
निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री खानको पीटीआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।
परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका हुन् ।
सेनाको समर्थन रहेको भनिएको पीएमएल–एनले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ । तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ ।
पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन् । “अराजकता र ध्रुवीकरण’ को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,” सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
रासस

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया