आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

त्रिविका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न संसदीय समितिले बोलायो शिक्षामन्त्री

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ ।

सोमबार बिहान ११ बजे बस्ने बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले बताए ।

उनका अनुसार उक्त बैठकमा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे पनि छलफल हुनेछ ।